Home क्राईम नेपाल विशेष झापामा क्यासिनोकै कारण अपराध बढ्दै

झापामा क्यासिनोकै कारण अपराध बढ्दै

0

पर्यटन मन्त्रालय र पर्यटन विभागका केहि कर्मचारी र नेताहरुको कमिसनमा क्षणिक लोभ जागेर क्यासिनो(जुवाघर)लाई स्वीकृति दिए पछि नेपालीहरु गैर कानूनी प्रवेश गरी जुवा खेल्दै आएका छन् । क्यासिनोको लतमा पैसाका लागि अपहरण र हत्या जस्ता अपराधिक घट्नाहरु बारम्बार घट्दै आएका छन् । किनकी क्यासिनोमा गएर जुवा खेल्नेहरु कहिल्यै पनि जित्दैनन् ।

पूर्व गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले क्यासिनोहरु अपराधका कारखाना हुन् भन्ने गर्दथे । उनी २०६५ सालमा प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा उपप्रधान तथा गृहमन्त्री थिए ।
क्यासिनोमा पैसा उडाउने लत बसेका नाइट क्लवका बाउन्सर झापाका ३५ वर्षिय विनोद विश्वकर्माले कपनमा ब्यापार गरेकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्या गरे । उनले क्यासिनो खेल्दा लागेको ऋण तिर्नका लागि पाण्डेको विभत्स हत्या गरेका थिए ।

त्यसै गरी क्यासिनोको लतमा लागेका वीरेन श्रेष्ठ प्रधानले पैसाका लागि बालिका ख्याती श्रेष्ठको अत्यन्तै विभत्स तरिकाले हत्या गरेका थिए ।

२०८० साल साउन १५ गते मंगलबार आफ्नै घरको ८ तलामाथिबाट हाम्फालेर ब्यापारी संजय गुप्ताले आत्महत्या गरे न्यूरोडको मांसमगल्ली र गैरीधारामा घर भएका उनको आत्महत्याको कारण भने क्यासिोनोमा जुवाको लत नै भएको प्रहरीका निष्कर्ष रहेको थियो । क्यासिनोमा जाने लत लागेका उनले ९ करोड हारेपछि घरको ८ तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका थिए । यि केहि प्रतिनिधि मूलक घट्नाहरु मात्रै हुन् ।

पूर्व पर्यटनमन्त्री कुबेर शर्माले आफ्नो पुस्तक बिद्रोहमा आफु पर्यटन मन्त्री भएपछि कयासिनो सञ्चालनका लागि धेरै जना मानिसहरु आएका र उनीहरुले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई ६ करोड कमिसन दिने भनि भेट्न आएको आफुुलाई पर्यटन मन्त्रालयकै कर्मचारीले खुलासा गरेको तथ्य उल्लेख गरेका छन् । क्यासिनोहरुले अबौं रुपैया कर बक्यौता पनि बाँकी नै राखेका छन् ।

पाँचतारे होटलमा खोलिएका दुई क्यासिनोमा नेपालीहरु पनि प्रवेश गरी खेल्ने गरेका कारण झापाका स्थानीयहरुमा भयावह स्थितिको उत्पन्न हुँदैछ । स्थानीय प्रशासनसँगको मिलेमतोमा क्यासिनो सञ्चालकले गैर कानूनी रुपमा नेपालीहरुलाई पनि प्रवेश दिने गरेका छन् । क्यासिनो (जुवा)को लतमा अधिकांशको घर बैंकको लिलामीमा पर्ने अवस्था सिर्जना भएको छ ।

सामाजिक अभियन्ता स्वागत नेपालका अनुसार यो क्यासिनो सञ्चालन भइरहेको अवस्थामा स्थानीयहरु पुरै दिवालिया हुने अवस्था सिर्जना हुँदैछ । उच्च बर्गिय ब्यापारी, स्थानीय बैंकका कर्मचारी, उद्यमशिलतातर्फ लम्किएका सामान्य मानिसहरु लतमा फसेका छन् र बर्वादीको बाटोमा छन् । पछिल्लो समयमा कल्पना नै नगरिएका मानिसहरु लतमा फसको आफु १५ दिन बसेर जानकारी लिएको अधिवक्ता तथा सामाजिक अभियन्ता नेपालको दाबी छ । यहि लतका कारण बाहिर व्यक्त गर्न नसकेपनि मध्यम बर्गिय मानिसहरु र ब्यापारीहरुका परिवार हैरानी खेपेका छन् । झापामा दुई वटा पाँचतारे होटलहरुमा क्यासिनो खोल्न २०७८ सालमा नै स्वीकृति दिइएको थियो ।

झापाको होटल द किङस् वरीमा सञ्चालिन सेवेन हर्स क्यासिनोे, एक हजार जना क्षमताको ब्यांक्वेट हल, ५ हजार जनालाई एकै पटक सेवा दिन सक्ने खुल्ला ठाउँ, बगैंचा, स्वीमिङ पुल, रेष्टुरेन्ट, तिनवटा बार, चारवटा लिफ्ट, डिस्को, जिमखाना, हेल्थ क्लव, ५ वटा विल्डिङ, पाकघर (किचन) अलग्गै भएको विशुद्ध सहकारी रेष्टुरेन्ट पनि रहेको छ । साढे ७ तलाको होटल स्थापना गरिएको छ ।

झापाको धुलाबारीमै सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा (पाँचतारे डिलक्स होटल)मा २०७८ असोजदेखि क्यासिनो सञ्चालनमा आएको हो । उक्त क्यासिनो भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले व्यवस्थापन गर्दैै आएको छ । तर, त्यहाँ अधिकांश नेपालीहरु स्थानीय प्रशासनको मिलेमतोमा प्रवेश गर्दै आएका छन् ।

यस विषयमा प्रतिक्रियाका लागि होटल द किङ्स वरीको क्यासिनोका कर्मचारीलाई फोन गरी सम्पर्क गर्दा आफ्नो क्यासिनोमा दार्जलिङ र सिक्किमका मानिसहरु मात्र प्रवेश गर्ने बताइयो । किन गैरकानूनी रुपमा नेपालीहरुलाई प्रवेश गराएको भन्ने प्रश्नपछि आफ्ना सिनियरसँग सोध्नु भन्दै टेलिफोन बिच्छेद गरिन् । त्यसै गरी होटल मेची क्राउनको क्यासिनोमा नेपालीहरु किन बेरोकटोक रुपमा प्रवेश गरिरहेका छन् भन्न्े विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा फोन नै रिसिभ गरिएन ।

Exit mobile version