काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्दै संसद विघटन गैरकानुनी भएको फैसला गरेसंगै काठमाडौं उपत्यकामा सुरक्षाकर्मीलाई हाई हलर्टमा राखिएको छ । केपी ओली पक्षिय कर्याकर्ता आईतबारदेखिनै सडकमा उत्रेको सोमबार अदालतबाट भएको फैसलाबाट हुनसक्ने संभावित घटनालाई नियन्त्रण गर्ने गरि सुरक्षा तैनाथी बढाइएको प्रहरी प्रशासनबाट जानकारी दिइएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीका विपक्षमा फैसला सुनाएपछि ओली समर्थक अहिले अदालतको फैसलाको बिरुद्ध सकडकमा उत्रिएका छन्। विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको सम्बन्धित निकायले जनाएको छ। सोही अनुसार सुरक्षाकर्मीलाई अलर्ट गरिएको छ। प्रदर्शन, विरोध हुनेसक्ने स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघले माइतीघरमा विरोध प्रदर्शन गरिनै रहेको छ। त्यस्तै, साँझ जुलुस निकाल्ने तयारीको समेत सूचना पाएको प्रहरीले सुरक्षाकर्मी र सादा पोशाकमा समेत परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुनसक्ने व्यक्ति, घर र कार्यालयमा समेत सुरक्षाकर्मीको निगरानी बढाइएको छ। राजनीतिक दलका नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता लगायतमाथि सुरक्षा थ्रेट बढी रहेको एसिसमेन्टका आधारमा सुरक्षा निगरानी बढाइएको छ । अदालतको आसपासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। भने सम्भावित चोकचोकमा समेत सुरक्षाकर्मीको गस्तीलाई बढाइएको छ ।
यसैबीच, सर्वोच्च अदालतको सोमवारको आदेशपछि ओली निवास बालकोटमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बजे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओलीको बालुवाटार बसाई बालकुमारी आफ्नै घरमा बस्ने भएपछि सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो तैनाथ गरिएको छ । मंगलवार ५ बजेसम्म प्रधानमन्त्री पद शेरबहादुर देउवालाई नियुक्ती गर्नु गराउनु भन्दै अदालतले आदेश दिएपछि सो समयभन्दा अघिनै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार छोडेर भक्तपुरको बालकोट जाने भएपछि सो क्षेत्रमा सुरक्षाकर्मी बढी परिचालन गरेको प्रहरी स्रोतको भनाई रहेको छ ।
अदालतको फैसला अनुसार ओली सोमबारदेखिनै पदविहीन भइसकेका छन् । त्यसैले उनी बस्दै आएको सरकारी निवास तत्कालका छोड्नु पर्ने भएको छ । कुनै पनि समय उनी पुरानै वासस्थानमा फर्किने भएकाले दिउँसोदेखि नै बालकोटमा सुरक्षाकर्मीको परिचालन र सुरक्षा जाँचमा बढाइएको छ ।
ओली निवास बालकोटमा मानिसहरुको आगमनमाथि प्रहरीले कडा निगरानी बढाएको छ । ओली निवासतिर जान मानिसलाई रोक लगाएको छ । ओलीको घरफिर्तीको विषय औपचारिक रुपमा कसैले बोलिसकेको छैन। सुरक्षाकर्मीले भने भीआइपी क्षेत्र भएकाले सुरक्षा फोकस गरिएको जनाएको छ । ।