Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठजेलबाट छुट्ने दिनमै कैदीको मृत्यु

जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु

विराटनगर । मोरङमा जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको जेलबाट छुट्ने दिननै मृत्यु भएको हो ।

कैद भुक्तान अवधि सकिएर सोमबार छुट्ने तयारी भएका सहनीको बिहान ६ बजे मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशित छन् ।

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू