Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरजुवातास खेलेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ

३० मंसिर, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार २ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू