Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रूपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू