Friday, March 21, 2025
spot_img
Homeअपराध खबरजुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू