काठमाण्डु, ३ वैशाख– जसपाका पूर्वसांसद प्रमोद साहमाथि सर्लाहीमा आक्रमण भएको छ । हिजो आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिएका छन । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साह थप उपचारका लागि काठमाण्डु आउने तयारीमा रहेको र उनको अवस्था खतरामुक्त रहेको एसपी सिंहले जानकारी दिएका छन ।
संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी रहेको प्रहरीले जानएको छ ।