Tuesday, December 3, 2024
spot_img
Homeमनोरन्जन‘छावा’को रिलिज मिति परिवर्तन, ‘पुष्पा २: द रुल’सँग कुनै टक्कर नहुने

‘छावा’को रिलिज मिति परिवर्तन, ‘पुष्पा २: द रुल’सँग कुनै टक्कर नहुने

विक्की कौशलको फिल्म ‘छावा’को रिलिज मिति परिवर्तन भएको छ । चाखलाग्दो कुरा के छ भने एक सातापछि सिनेमा हलमा रिलिज हुन लागेको बेला निर्माताले यस्तो निर्णय गरेका हुन् । छत्रपति संभाजी महाराजमा आधारित ‘छावा’ यसअघि डिसेम्बर ६, २०२४ मा रिलिज हुने तय भएको थियो । बक्स अफिसमा अल्लु अर्जुनको ‘पुष्पा २: द रुल’सँग भिड्दै थियो । तर अहिले चलचित्र एक महिनाको लागि स्थगित भएको छ ।

‘छावा’ अब १४ फेब्रुअरी २०२५ मा हलमा रिलिज हुने निर्माताहरुले घोषणा गरेका छन् । तर, रोचक कुरा के छ भने यो नयाँ रिलिज मितिले विशेष महत्व राखेको छ, किनभने १९ फेब्रुअरी छत्रपति शिवाजी महाराजको जन्मजयन्ती हो ।

लक्ष्मण उतेकर निर्देशित ‘छावा’ मा विक्की कौशल मराठा योद्धा–राजा छत्रपति संभाजीको भूमिकामा देखिनेछन् । यो पिरियड ड्रामा फिल्म हो जसको टिजर सार्वजनिक भएको छ । यसमा विक्कीले छत्रपति शिवाजी महाराजका छोरा छत्रपति संभाजी महाराजको भूमिकामा गरेको रुपान्तरणको पनि निकै तारिफ भइरहेको छ ।

अक्षय खन्नाको फिल्ममा औरंगजेब बनेको हो
विक्की कौशल बाहेक अक्षय खन्नाले ‘छावा’ मा औरंगजेबको भूमिका निभाएका छन् । फिल्ममा रश्मिका मन्डन्ना, आशुतोष राणा, दिव्या दत्त, नील भूपालम र सन्तोष जुवेकरको पनि मुख्य भूमिका रहेको छ । दिनेश विजनको म्याडक फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

अहिले बक्स अफिसमा ‘पुष्पा २’ को राज छ
तर, ‘छावा’ स्थगित भएसँगै अब ‘पुष्पा २: द रुल’को हिन्दी संस्करणको खुला बजार भएको छ । यो २०२१ को ब्लकबस्टर ‘पुष्पाः द राइज’ को सिक्वेल हो, जसको दर्शकले आतुरताका साथ प्रतिक्षा गरिरहेका छन् । मूल रूपमा तेलुगुमा बनेको यो फिल्म भारतका ६ भाषामा रिलिज हुँदैछ । यसको अग्रिम बुकिङ मंसिर ३० गतेदेखि देशभर सुरु हुँदैछ । यो विश्वभरको १००० करोड क्लबमा सामेल हुने निर्माताहरुले आशा गरेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू