Tuesday, March 11, 2025
spot_img
Homeगृहपृष्ठचुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी

चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । आगोले दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू