काठमाडौँ- उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु भएको छ। २ सय भन्दा बढी घाइते छन्।
स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ।
बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यायमले जनाएका छन्। गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो।