Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठचिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

बर्दिया, २६ पुस । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ वर्षीया सोहनी थारुको जलेर मृत्यु भएको हो । सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालिएको आगोले महिलाले ओढेको ब्लाङ्केट सल्किएपछि उहाँ घाइते हुनुभएको थियो ।

बुधबार दिउँसो साँढे तीन बजे घाइते हुनुभएको उहाँलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उहाँको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताउनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू