Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जनचलचित्र ‘मनको बाँध’ घोषणा

चलचित्र ‘मनको बाँध’ घोषणा

चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् ।सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् ।

‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।

नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ ।

‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ । यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए ।

‘मनको बाँध’ नामले नेपाली चलचित्र इतिहासमा पनि ठुलो महत्त्व राख्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा  सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू