Thursday, March 13, 2025
spot_img
Homeगृहपृष्ठचन्द्रागिरि दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चन्द्रागिरि दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारीसाधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भएको थियो । दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौंकै लाजिम्पाटका डा। महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू