असार १४ गते । सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान परेको चट्याङ लागेर बागमती नगरपालिका–१, मिलनचोक बस्ने दिलबहादुर आले मगरकी श्रीमती ६४ वर्षीया गोमा आले मगरको मृत्यु भएको हो ।
खेतको आलीमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते मगरलाई बागमतीमा सामान्य उपचार गरी थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
सर्लाहीको उत्तरी भेगमा शुत्रबार बिहानपख भारी वर्षासँगै अत्यधिक चट्याङ परेको थियो । चट्याङ लागेर विभिन्न स्थानमा विद्युतको मिटरलगायतका विद्युतीय उपकरणमा क्षति पुगेको छ ।