Home अपराध खबर ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

0

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।

 प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Exit mobile version