Tuesday, March 18, 2025
spot_img
Homeमनोरन्जनगौरव र नम्रताको ‘नम्बरी सुन’ रिलिज

गौरव र नम्रताको ‘नम्बरी सुन’ रिलिज

फिल्म ‘नम्बरी सुन’ सार्वजनिक प्रदर्शनमा आएको छ । नायक गौरव पहारी र नायिका नम्रता सापकोटा प्रमुख भूमिका रहेको यो चलचित्रले सोलो रिलिज पाएको छ ।

सोलो रिलिज पाएको भएपनी यो फिल्म हेर्न हलमा दर्शक खासै आएको देखिएन । निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको यो चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन छ ।

सरोज खाती, सविन खाती र मनोज रिजालको सयुक्त निर्माण रहेको यो चलचित्रमा गौरव पहारी र नम्रता सापकोटा प्रमुख भूमिकामा छन् भने राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनालसविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कंगना गिरी, राजेन्द्र गिरी, अस्मिता न्यौपाने आदिको अभिनय छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू