सुलीकोट, वैशाख १३ गते । धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको सिरानचोक गाउँपालिका-८ का नाता पर्ने ४१ ससुरालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै नाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई बुहारी नाता पर्ने लाई जबरजस्ती करणी गरेको आरोपमा पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी सिरानचोक – ८ बाट पक्राउ गरिएको हो ।
पक्राउ परे लगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।