सिराहा । सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ । सिरहा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदालाई राती सुतेको अवस्थामा सर्पले टोके थियो ।
उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ । उपचारका लागि अस्पलाल लगिएकोमा बिहान मृत्यु भएको जनाइएको छ ।
उनलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ उपचार नभएपछि लहान प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा अहिले बिहान मृत्यु भएको जनाइएको छ ।