Home गृहपृष्ठ गृहमन्त्री लामिछानेले भने- कम्प्रोमाइज हुँदैन

गृहमन्त्री लामिछानेले भने- कम्प्रोमाइज हुँदैन

0

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसको शुभकामना दिएका छन् ।

उनले सामाजिक संजाल फेसवुक मार्फत् शुभकामना दिँदै आफू केही समय होम वर्कमा रहने बताएका छन् । उनले चेक लिस्टसहित आएकाले कम्प्रोमाइज नहुने बताए ।

लामिछानेले दुई दिन अघि मात्रै गृहमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

उनी प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् –
“चेक लिस्ट” सहित आएका छौं। “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौं।
जय शम्भो.. जय नेपाली सेना …जय नारी..
शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।

Exit mobile version