उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आइतवार भएको भेटवार्तामा मन्त्री लामिछानेले हरेक शुक्रवार सञ्चालन भइरहेको प्रमुख साम्पाङको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी बन्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गर्नुभएको छ । छलफलको क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गर्नुभएको हो।
साथै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ ।
प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न साम्पाङले गरेको आग्रहमा मन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिबद्धता जनाएका थिए ।