Saturday, March 15, 2025
spot_img
Homeअपराध खबरगिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो

गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो

काठमाडौँ । चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् ।

गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

आरोपीहरूले २०८१ भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू