Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जनगायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन

गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन

गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए। उनको आजै अन्त्येष्टी गरिने छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू