Friday, March 21, 2025
spot_img
Homeगृहपृष्ठगाई काटेको आरोपमा तीन जना पक्राउ

गाई काटेको आरोपमा तीन जना पक्राउ

कपिलवस्तु, पुस ९ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराले मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको टोलीले नगरपालिका-१० पटना भावपुर बस्ने २० वर्षीय सुरज बि.क.को घरमा पक्राउ गरेको थियो । 

प्रहरीले घटनामा संलग्न बुद्धभूमि-१० बस्ने वर्ष ५५ को बर्साती थारु, रुपन्देही कञ्चन गाउँपालिका ५ भैसियाई बस्ने ३० वर्षीय श्रीधर टमटा पक्राउ गरेको छ । घटना स्थलबाट करिब १ क्विन्टल गाईको मासु सङ्केत बरामद भएको प्रहरीले जनाएको छ । 

आरोपितलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू