Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठगाँजासहित व्यक्ति नियन्त्रणमा

गाँजासहित व्यक्ति नियन्त्रणमा

 सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ । विशेष सुचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक अनुसन्धान कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रकृयामा रहेको प्रहरीले जनाएकाे छ ।यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ वर्षीय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो । 

 नियन्त्रणमा लिइएका राईलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू