Tuesday, December 3, 2024
spot_img
Homeकृषिगर्मीमा खरबुजा खानु को फाईदा र सँगै खाँदा हुने बेफाईदा

गर्मीमा खरबुजा खानु को फाईदा र सँगै खाँदा हुने बेफाईदा

बिन्दिरा महर्जन । गर्मी मौसममा खरबुजा खान सबैलाइ मनपर्छ । बालबालीका देखि बृद्ध बृदा सम्म यस्का स्वाद का लागी पागल हुन्छन । खरबुजा सबैलाइ मनपर्ने फल हो । यो रसदार फल खान धेरै फाइदा जनक हुन्छ । पानीको मात्रा धेरै हुने भएकोले गर्मीमा यो फल खान उपयुक्त हुन्छ । जसले पानीको कमीबाट हुने डिहाइड्रेसनवाट बचाउँछ । खरबुजा भिटामिन, प्रोटिन र फाइवरको भरपुर श्रोत पनि हो, जुन स्वास्थ्यको लागि आवश्यक हुन्छ ।

खरबुजा धेरै रोग को लागी पनि फाइदा जनक मानिन्छ । खरबुजा ब्लड प्रेसर को लागि पनि धेरै रामो्र हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाउने भएकोले रक्त वाहिनीलाई स्वस्थ राखी सही रूपमा रक्त प्रवाह हुन मद्दत गर्छ । रसिलो फलमा इलेकट्रोनिक्स हुने भएकोले ब्लड प्रेसर सामान्य राख्छ । तौल कम गर्न पनि यो फल रामो्र हुन्छ । दैनिक खरबुजालाई आफ्नो डाइटको रूपमा लिने गर्नुहोस् । यसमा पानीको मात्रा उच्च हुने भएकोले भोक लाग्न दिदैन । डायवटिज र क्यान्सरको खतरा पनि कद गर्छ । खरबुजामा लाइको पीन नामक शक्तिशाली एंटीअक्सीडेंट पाइन्छ जसले तपाईँको स्वास्थ्यमा हुन सक्ने डायवटिज र क्यान्सरको खतरा कम गर्न मद्दत गर्छ ।

खरबुजा मुटुको लागि पनि फाइदाजनक नै मानिन्छ । खरबुजामा अमिनो एसिड भरपुर मात्रामा हुने भएकोले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । मुटुको रक्त सञ्चार मा सुधार गर्नुको साथै हर्ट अट्याकको खतरा कम गर्न सहयोग पुर्याउँछ । खरबुजा पाचन प्रणालीमा पनि फाइदा नै मानिन्छ । खरबुजामा प्रचुर मात्रामा फाइबर हुने भएकोले हाम्रो पाचन प्रणाली सुधार्नमा मद्दत गर्दछ । यसमा पानीको मात्रा उच्च हुने भएकोले शरीरमा हुने खराब टक्सिन बाहिर निकाल्न प्रभावकारी हुन्छ ।

तर खरबुजा सँगै खान नहुने खानेकुरा पनि छन सगै खादा जसले बेफाइदा पनि गर्न सक्छ । खरबुजा सँग डेरि का खानेकुरा खानु हुन्न । खरबुजा सँग डेरि का खानेकुरा खाँदा पेटमा ग्याँस र पेट फुल्ने समस्या देखापर्न सक्छ । खरबुजा सँग नुन पनि खानु हुदैन । मानिस हरुले खरबुजा को स्वाद बदाउँन नुनको प्रयोग गरिन्छ । यसो गर्नाले खरबुजाको पोषक पदार्थ शरिरमा अवशोसीत हुदैन । त्यस्तै खरबुजा सँगै अनाज पनि खानु हुदैन । यसले आन्द्रामा नरामो्र असर पार्छ र बिस्तारै शरिरमा बिषत पदार्थ उत्पादन गर्न सक्छ । खरबुजा सँग भुटेका खानेकुरा खानु हुन्न यसले मुटु र रक्त्त नलिमा समस्या आउँने खतरा हुन्छ । खरबुजा सँग अण्डा खानु हुदैन । यी दुइ को प्रभाव परक हुने भएको ले यो दुइ सँगै गर्नु हुदैन ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू