क्याच कक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म हो ‘हन्टर’ । यो फिल्ममा नायिका गरिमा शर्माको मुख्य भूमिका पक्का भइसकेको छ । फिल्ममा गरिमाको अपोजिटमा नायक अरुणा क्षेत्रीले जोडी बाँध्ने पक्का भएको छ ।
यो फिल्मको लागि अहिले गरिमाले दैनिक रुपमा जिममा वर्कआउड गरिरहेकी छिन् । उनले विगत केही सातादेखि जीममा वर्क आउट गरिरहेको भिडियो सामाजिक संजालमा पोष्ट गरिरहेकी छिन् । जुन, भिडियो अहिले चर्चामा पनि छ ।
एक्सन जनरामा निर्माण हुने यो फिल्मलाई जीवन सिंहले निर्देशन गर्दैछन् । फिल्ममा पूर्णिका सिजापति, मिस पवीको पनि मुख्य भूमिका रहनेछ ।
सुदुरपश्चिममा खिचिने फिल्मको छायांकन मङसिरबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । अन्य कलाकारहरू पनि फाइनल गर्ने तयारी भइरहेको निर्माणपक्षले बताएको छ ।
जीवन सिंहकै निर्माणमा तयार हुन लागेको फिल्मका सह–निर्माता ईश्वर शर्मा हुन् । फिल्ममा महेश पौडेलको छायांकन रहनेछ ।