Home गृहपृष्ठ गरिब घरपरिवारको तथ्यांक संकलन गर्दै काठमाडौं महानगर

गरिब घरपरिवारको तथ्यांक संकलन गर्दै काठमाडौं महानगर

0

काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरीवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको महानगरले जनाएको छ ।

महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरूले २० चैतदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्न इच्छुकका लागि निवेदन दिन १६ मंसिरमा महानगरले सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त आवेदनबाट योग्यताका आधारमा गत १४ माघमा उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो । गत २१ देखि २४ माघसम्म महानगरले लिएको अन्तर्वार्ताबाट गत १७ फागुनमा योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो । जसबाट २१ सुपरिवेक्षक र दुई सय नौ गणक छनोट भएका थिए ।

तथ्याङ्क सङ्कलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानूनी व्यवस्था छ ।​

सरकारले प्रदान गर्दै आएको दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ ।


Exit mobile version