Home आजको विशेष समाचार गतिशील बचत तथा ऋण सहकारी संस्था लि.को दोश्रो विशेष साधारण सभा २०८१...

गतिशील बचत तथा ऋण सहकारी संस्था लि.को दोश्रो विशेष साधारण सभा २०८१ सम्पन्न ।

0

ललितपुर । गतिशील बचत तथा ऋण सहकारी संस्था लि।को दोश्रो विशेष साधारण सभा २०८१ गरेको छ। सभामा संस्थाका कार्यकारी अध्यक्ष बलराम पाठकले सञ्चालक समितिको तर्फबाट आव २०८०र०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१र०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। सहकारी संस्थाका कार्यकारी अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आगामी आर्थिक वर्षदेखि बचत तथा ऋण कारोबारका आधारमा मात्र सेयर बिक्री गरिने जानकारी दिए।

कार्यकारी अध्यक्ष पाठकले नियमित बचत र ऋण सांवा ब्याज समयमा बुझाउन अनुरोध गर्दै श्रावण २ गते देखि संस्थाको सामान्य कारोवार संचालन गरिने पनि घोषणा गरेका छन्। जस अनुसार संस्थाको सामान्य कारोवार संचालन शुरु गरिने संस्थाको कार्यालय बनाउने गरी काम गर्न र सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। बचत रकमको एक लाख सम्म वचत फिर्ताको क्रम कार्त्तिक महिनाबाट क्रमशस् शुरु गरिने बताएका छन् । एक लाख भन्दा माथिको मुद्दती र बचतको म्याद थप ६ महिनाको लागि नविकरण गरिने छ र असार महिनाबाट वचत रकममा राष्ट्रिय सहकारी बैंकको व्याज दर सरह व्याज उपलब्ध गराईने छ। दशैको समयमा दशै खर्च वचतकर्तालाई उपलब्ध गराईने ।

वचत रकम फिर्ता र जग्गा वितरण गरि एक वर्ष भित्रमा संस्थाको १५० करोडो हिसाब मिलान गरिने बताएका छन् । संस्थाको सम्पत्तिको रुपमा रहेको करिव ३० करोड वरावरको जग्गालाई वचत सदस्यहरु वीच छलफल गरी हिसाव मिलान गर्ने छन्। ऋणी सदस्यहरुको धितोको रुपमा रहेको सम्पत्तिको लिलामी वा ऋणी र धनी सदस्यहरु वीच समन्वय गरी करीव ८० जना सदस्यको हिसाव मिलान ६ महिना भित्र गरिने । ऋणीबाट उठेको रकम वचतकर्तालाई मिलान गरिने छ। संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका कार्यकारी अध्यक्ष बलराम पाठकले “दिगो विकासका लागि बचत गर्ने बानी बसालौँ” भविष्यका लागि ढुक्क होऔं भन्ने नाराअनुसार सहकारी सञ्चालन गरिएको जानकारी दिएका छन्।

Exit mobile version