Home राजनीति गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणा: महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणा: महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

0

गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्। 

उनले मंगलबार (जेठ १५ गते) सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्। 

गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन ।

उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् ।

Exit mobile version