काठमाडौँ । बिहीबार दिउँसो (साउन ३१ गते) भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए। ‘आफन्त आएर मृतकको सनाखत गरेका हुन्,’ डीएसपी कार्कीले भने, ‘शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।’
कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।