Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठगगन थापाले किन माफी मागे ?

गगन थापाले किन माफी मागे ?

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनमा लापरबाही भएको भन्दै माफी मागेका छन् ।

जिल्लाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकाप्रति उनले माफी मागेका हुन् ।

नगरपालिकाका भवनमा नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि महामन्त्री थापाको आलोचना भएको थियो ।

‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु, सरी !’ बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेका छन्, ‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहान्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।’

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू