Wednesday, December 4, 2024
spot_img
Homeखेलकुदक्रिकेट मैदानमै बसेर सट्टेबाजी, दुईवटा एपको प्रयोग

क्रिकेट मैदानमै बसेर सट्टेबाजी, दुईवटा एपको प्रयोग

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताए ।

पक्राउ पर्नेमा भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार छन् ।

आरोपीहरुले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एप मार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको एसपी बोगटीले जानकारी दिए । आरोपीहरुको साथबाट प्रहरीले ६ थान मोबाइल बरामद गरेको छ । सो मोबाइल फरेन्सीक जाँचका लावग प्रहरीले ल्याबमा पठाउने भएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू