Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठक्यान्सर पीडित गाउँपालिका उपाध्यक्ष जोशीको निधन

क्यान्सर पीडित गाउँपालिका उपाध्यक्ष जोशीको निधन

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जोशीको बिहीबार बिहान आफ्नै घरमा निधन भएको हो ।

५२ वर्षीया जोशीलाई हालै मात्र ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर घर लगिएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दुःख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू