Home अपराध खबर क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

0

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाई दिने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया पक्राउ परेका हुन् । सुनुवार मुखिया लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए अनुसार बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको थियो । पीडित एक जना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज मुखियालाई काठमाडौं बौद्धबाट पक्राउ गरिएको हो ।

मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना एवं प्रहरी उपरीक्षक नकुल अधिकारी पोखरेलले बताए ।

Exit mobile version