Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरकोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ

कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । कोटेश्वरमा रहेको होटल ब्लिसपुलबाट ३३ वर्षी सनराइज खड्का पक्राउ परेका हुन् । उनी नरेफाँटमा बस्दै आएका छन् ।

उनको साथबाट एकथान पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताइन् । उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग कोटेश्वरको टोलीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू