काठमाडौं— कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका– १० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले घरको आँगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।