Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठके सुन तस्करको संरक्षक गृहमन्त्री हुन्?

के सुन तस्करको संरक्षक गृहमन्त्री हुन्?

चितवन— नारायणगढमा सोमबार बिहान रास्वपा सभापति रवि लामिछानले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कडा आलोचना गरे ।

आलोचना मात्र गरेनन् लामिछानेले श्रेष्ठमाथि केही गम्भीर आरोप पनि लगाएका छन्। पत्रकारहरूसँग लामिछानेले गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको दाबी गरे । 

त्यस्तै, सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर गृह प्रशासनले आफ्नालाई बचाएको उनीको दाबी थियो । गृह प्रशासनले रवि लामिछानेलाई कसरी फसाउने भनेर षड्यन्त्र गरिरहेको उनले आशंका गरे ।

लामिछानेले अब सहकारीको माध्यमबाट आफूलाई फसाउन खोजिएको आशंका गरे । ‘यही सरकारभित्र छिरेर, यहाँबाट सुरुवात गरेर यसलाई फसाउँछु भन्ने कुनै योजनाभित्र हुनुहुन्छ कि भन्ने मलाई आशंका छ,’ उनले भने । 

राष्ट्रिय परिचय पत्र छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिइएको भनेर पत्रिकामा आएको समाचारको आधारमा गृहमन्त्रीले छानविन समिति बनाएको, समितिले आफूसँग बयान पनि लिएको तर त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको भन्दै लामिछानेले आक्रोश पोखे ।

उनले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले राम्रोसँग अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले प्रहरीमार्फत ल्याएर मुद्दा कमजोर बनाएको आरोप समेत लगाए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू