डोटी, १६ चैत । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । चन्द्रादेवी भण्डारी पनि कुलो खन्न कै लागी वनमा जानु भएको थियो । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।