काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मा कोइला बालेर सुतेका दम्पत्तीमध्ये पतिको मृत्यु भएको छ पत्नी बेहोस् अवस्थामा फेला परेकी छिन् । नमोबुद्ध नगरपालिका–१ घर भएका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले गएराति आफ्नै घरको कोठामा विद्युतीय हिटर र कोइला बालेर पतिपत्नी सुतेकोमा ग्याल्बोको मृत्यु भएको र उनकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेको जनाएको छ ।
आज बिहान अबेरसम्म पनि उनीहरु नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबैलाई बेहोस अवस्थामा फेला पारेका थिए । त्यसपछि छोराबुहारीले तत्कालै उनीहरुलाई धुलीखेल अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।