Friday, March 21, 2025
spot_img
Homeखेलकुदकाठमान्डुले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमान्डुले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितबाट काठमान्डुको २ अंक छ ।

पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू