Home गृहपृष्ठ काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयाे

काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयाे

0

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

Exit mobile version