Home गृहपृष्ठ काठमाडौंका यी क्षेत्रमा आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

काठमाडौंका यी क्षेत्रमा आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्नु परेको हुँदा आज चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगवु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको हो।

बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

Exit mobile version