Wednesday, March 12, 2025
spot_img
Homeराजनीतिकाठमाडौँका पूर्वमेयर सिंहको निधन

काठमाडौँका पूर्वमेयर सिंहको निधन

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् ।

सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए ।

उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।

सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । गणेशमान सिंहको सहयोगी रहेका उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू