Home अपराध खबर कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ

कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ

0

काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलान्चोक नमोबुद्ध–९ घर भई हाल बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् ।

यी दुई जनामाथि गत वर्षको भदौ २९ गते काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा महिलालाई पटक–पटक बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी अनुसार झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरिएको हो । 

अधिकारी जिल्ला प्रहरी कार्यालय धादिङबाट पुस ४ गतेको ज्यान मार्ने उद्योग मुद्दामा समेत फरार रहेको खुल्न आएको छ ।

दुवैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

Exit mobile version