Sunday, March 23, 2025
spot_img
Homeगृहपृष्ठकर्णालीमा मोटरसाइकल खस्दा दम्पतीको मृत्यु

कर्णालीमा मोटरसाइकल खस्दा दम्पतीको मृत्यु

काठमाडौं- मोटसाइकल दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। अछामको पञ्चदेव विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकालको मृत्यु भएको हो। 

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा दुर्घटनामा परेको हो। अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीको मोटरसाइकल मोहन्याल गाउँपालिका वडा नम्बर ७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट २ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू