Home अपराध खबर करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

0

काठमाडौं : प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी मिहलालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी गराएको हो।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले  प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो। 

यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सु्सनसाथबाट  १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन्। उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।

Exit mobile version