Home खेलकुद कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

0

काठमाडौं, ९ माघ । नेपालले सुरूवातमा राम्रो प्रदर्शन गरेको छ।

टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भएको छ । 

कप्तान पुजा महतोले तीनै बिकेट लिदाँ अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको छ। 

नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिईन् ।

नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

Exit mobile version