Home गृहपृष्ठ ओभरस्पिडको बाइकले स्कुटरलाई हान्यो, २० वर्षीय चालकको मृत्यु

ओभरस्पिडको बाइकले स्कुटरलाई हान्यो, २० वर्षीय चालकको मृत्यु

0

काठमाडौँ । मंगलबार साँझ भक्तपुर नगरपालिका-१ स्थित चुनदेवीमा भएको दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय ओम केसीको मृत्यु भएको हो ।

सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकलले बागमती प्रदेश-०२-०२१ प ९०३२ नम्बरको स्कुटरलाई दिएर लडेको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए । उनी सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्दै आएका थिए ।

डिएसपी पाठककाअनुसार मोटरसाइकलको ओभरस्पिड भएका कारण ठक्कर दिएपछि चालक उछिट्टिएर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

स्कुटर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त जगातीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

Exit mobile version