- काठमाडौँ – एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।
- मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो समितिको एक महिना अवधि पुरा भएको छ ।
- यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थप गरिएको हो ।