Home गृहपृष्ठ एनआरएनएको केन्द्रीय कार्यालय भवन जफत हुने

एनआरएनएको केन्द्रीय कार्यालय भवन जफत हुने

0

गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ। ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार सबै जग्गा जफत हुने छ।

एनआरएनएको मुख्यालयसमेत सोही जग्गामा रहेको छ। यस कार्यालयले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयका रूपमा काम गर्छ।

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको हो।

फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ। 

Exit mobile version